ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा १० हजार ८८ मत गणना हुँदा एमाले अघि देखिएको छ । सोमबार बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले २ हजार ९ सय ८० प्राप्त गरेका छन् ।
राजनीतिक दलहरूले तीन दशकदेखि निर्वाचनमा ठुल्ठूला सपना देखाए तर मतदाताका ससाना सपना पूरा भएनन् । हरेक निर्वाचनमा उम्मेदवारले घरआँगनका बाटाघाटा निर्माण, लाखौं रोजगारी, देशलाई विकसित बनाउनेजस्ता आश्वासन दिँदै आएका छन् । पछिल्ला निर्वाचनमा मतदातालाई उनीहरूको आश्वासनले तानेको छैन ।
कृष्णभक्त पोखरेल चितवनका परिचित कानुन व्यवसायी हुन् । ७० सालयता उनले संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यको हैसियतले संविधान र कानुन निर्माणमा भूमिका खेले । विसं २०२४ सालमा जन्मेका पोखरेलले कानुनमा स्नातक गरेका छन् । उनी वरिष्ठ अधिवक्ता पनि हुन् । प्रतिनिधिसभा सदस्य पदका लागि चितवन–२ बाट उम्मेद्वार भएर पोखरेल लगातार तेस्रोपटक मतदाता सामु गइरहेका छन् ।