२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भीर छैन : आरजु देउवा

काठमाडौँ — कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति एवम् नेपाली कांग्रेसकी नेता आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् । 

सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भीर छैन : आरजु देउवा

शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले सहकारीका पीडितहरुलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानविन समिति भरपर्दो नरहेको जिकिर गरिन्।

सांसद राणाले सहकारी संस्थाहरु आफैँसँग पनि ठगीमा परेका रकम असुली गर्ने जनशक्ति नभएको र नेपाल प्रहरीले पनि त्यसमाथिको उजुरी सुनुवाईमा समेत चासो नदिएको बताए । सहकारी संस्थाहरुले मान्छेको घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको र त्यस्ता खालको गतिविधि हुन नदिने आफूहरुले सम्बन्धित सहकारीलाई निर्देशन दिएको पनि उनले बताइन् ।

सभापति राणाले २०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको बताइन् । 'सहकारी आफैँसँग ऋण असुली गर्ने जनशक्ति छैन । प्रहरीले असहयोग गरेको अवस्था छ,' उनले भनिन्,'यस्तोमा सरकारले सहकारीहरुको साथ दिनुपर्ने हो । तर दुखको कुरा सरकार पनि यो विषयमा गम्भीर देखिएको छैन ।'

उनले २० वटा भन्दा बढी सहकारी समस्याग्रस्त हुँदा पनि सो समस्या समाधान गर्न सरकारले कुनै ठोस् कार्य गर्न नसकेको आरोप लगाइन् ।

प्रकाशित : वैशाख ८, २०८१ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?