१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

उपप्रधानमन्त्रीलाई शान्ति सन्देश हस्तान्तरण

काठमाडौँ — ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित लुम्बिनीमा आयोजित लुम्बिनी सम्मेलनले पारित गरेको शान्ति सन्देश आइतबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

उपप्रधानमन्त्रीलाई शान्ति सन्देश हस्तान्तरण

चैत ९ र १० मा लुम्बिनीमा आयोजित सम्मेलनले पारित गरेको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्साललगायत नेपालमा कार्यरत सबै अवैतनिक वाणिज्यदूतले हस्ताक्षर गरेका छन् । लुम्बिनी शान्ति सन्देशको क्यानभासलाई अवैतनिक वाणिज्यदूतको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन) का अध्यक्ष विष्णु अग्रवालले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

एचसीसीएन नेतृत्व तथा परराष्ट्र मन्त्रालयको समन्वयमा आयोजित लुम्बिनी सम्मेलनले अन्तराष्ट्रिय शान्ति र समृद्धिका लागि विश्व समुदायलाई आह्वान गरेको छ । मानवीय शान्ति, विकास तथा सामूहिकताका लागि शान्ति अपरिहार्य रहेको सम्मेलनको निष्कर्ष छ ।

हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हित प्रवर्द्धन गर्ने खालका कार्यक्रम आयोजना गर्न एचसीसीएनलाई आग्रह गरे । विश्व शान्तिको सन्देश दिन सम्मेलन सफल भएको एचसीसीएनका डिन विष्णु अग्रवालले बताए । कूटनीतिक प्रतिनिधिले सम्मेलनको समय र सन्देश दुवै सान्दर्भिक रहेको बताएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख ११, २०८१ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?