न्यायाधीश र कानुन व्यवसायीमाथि निराधार लाञ्छना लगाउनु निन्दनीय : सर्वोच्च बार

काठमाडौँ — सर्वोच्च अदालत बार एसोसियसनले सिधाकुरा डटकममा प्रकाशित अडियो रिपोर्टबारे ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एसोसियसनका सचिव अधिवक्ता श्यामकुमार खत्रीले विज्ञप्ति जारी गर्दै उक्त अडियोबारे तुरुन्त छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । 

न्यायाधीश र कानुन व्यवसायीमाथि निराधार लाञ्छना लगाउनु निन्दनीय : सर्वोच्च बार


खत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'मिति २०८१/०१/१४ गते सिधाकुरा डट कमबाट प्रकाशित तथा प्रसारित अडियो सम्बन्धमा सही, सत्य तथ्य कुरा के हो ? त्यसमा तुरुन्त छानबिन गरी बास्तविक तथ्य बाहिर ल्याउन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं । साथै छानबिनपछि दोषीमाथि तुरुन्तै कारबाही गर्न यो बार जोडदार माग गर्दछ ।'

सर्वोच्च बारले मुद्दाका विषयमा विभिन्न सामग्री प्रकाशन तथा प्रसारण गरी सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेशागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्तिजनक लाञ्छना लगाउने कार्य जो कसैबाट भए पनि निन्दनीय भएको ठहर गरेको छ ।

स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायमाथि आँच आउने गरी कोही कसैबाट हुने कुनै पनि क्रियाकलाप सह्य नहुने बारको चेतावनी छ । यस विषयमा सर्वोच्च अदालतको संस्थागत धारणा तत्काल सार्वजनिक हुनुपर्ने पनि सर्वोच्च बारको माग छ ।

सम्बन्धित समाचारहरू

प्रकाशित : वैशाख १६, २०८१ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?