कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी

काठमाडौँ — सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् । सिंहदरबारमा बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराएका हुन् । उनकाअनुसार एउटै घटनाको उजुरीहरु धेरै छन् ।

एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरीहरु हुनसक्ने उनले बताए ।

उनले उजुरीभन्दा पनि घटनाका विषयहरुलाई हेरेर जानुपर्नेमा जोड दिए । उनले जिल्लाको तहमा हेर्दा सल्यानमा ५ हजार ५०२ वटा उजुरी परेको बताए । उनले अछाम र कपिलवस्तुमा ४ हजारभन्दा बढी उजुरी परेको र ३ हजारभन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजारभन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको बताए ।

उनले एक हजारमाथि उजुरी भएका जिल्ला १३ वटा रहेको बताए । उनले सामान्य प्रकृतिका उजुरीहरु बढी रहेको पनि प्रस्ट पारे । उनले अहिले २ हजार २६८ उजुरीहरु तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको समेत बताए ।

उनले भने, ‘हामीसँग ६३ हजार ७१८ वटा उजुरी छन् । एउटै घटनाको उजुरी पनि थुप्रै छन् । व्यक्तिको एउटा एउटा पर्सन भएकाले उजुरीको संख्या बढी हुन्छ । एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरी हुनसक्छ । उजुरीभन्दा पनि घटनाका विषयहरुलाई हामीले हेरेर जानुपर्छ,' उनले थपे, 'हामीले अहिले २ हजार २६८ उजुरीहरु तामेलीमा राखेका छौं । केही तामेलीबाट पुनः जगाउन पाउँ भनेर निवेदन आएको छ । परिचय पत्र वितरण ६१८ वटा गरेका थियौं ।’

उनले घटना हुनुको तात्पर्य के हो भनेर हेर्न उजुरीहरुको निरुपण हुन जरुरी रहेको उनले बताए ।

प्रकाशित : वैशाख २०, २०८१ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?