कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीवार प्रधानमन्त्री दाहाललाई भेट्न एमाले अध्यक्ष ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

दाहाल र ओलीबीच करिब दुई घण्टा छलफल भएको थियो ।

भेटपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयहरुमा छलफल भएको बताए । संसद्को बजेट अधिवेशन बोलाउने र संसद् सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए । ‘संसद्को अधिवेशन छिट्टै बोलाउनु होला, यो सरकारको मामिला हो । संसद्को मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयहरुमा छलफल भयो,' ओलीले भनेका थिए ।

प्रकाशित : वैशाख २०, २०८१ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?