२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

सत्तारुढ दल जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ पार्टी

काठमाडौँ — सत्तारुढ जनता समाजवादी पार्टी विभाजित भएको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा विभाजित भएको हो ।

सत्तारुढ दल जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ पार्टी

संघीय संसद्का ७ जना सांसद सहित २९ जना केन्द्रीय कार्यकारीणी सदस्यहरू दल दर्तका लागि निर्वाचन आयोगमा निवेदन दिएको सांसद प्रदीप यादवले जानकारी दिए ।

विभाजित दलमा सहभागी हुनेमा संघीय सांसदहरूमा अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान छन् । प्रतिनिधि सभामा जसपाका १२ सांसद थिए । ७ सांसद विभाजित भएपछि जसपा नेपालको यादव पक्षमा ५ सांसद मात्र बाँकी छन् ।

राईको नेतृत्वमा गठित पार्टीको नाम 'जसपा' मात्र राखिएको छ ।

'पार्टीभित्र आफूखुसी गर्ने र आफ्ना सांसदको अपमान गर्ने काम भयो' प्रदीप यादवले इकान्तिपुरसँग भने,' त्यसैले हामीले नयाँ पार्टी दर्ता गर्ने निर्णय गर्‍यौैं'

प्रकाशित : वैशाख २३, २०८१ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?