२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नारीवादी विदेश नीतिको चर्चा

काठमाडौँ — नेपालमा मंगलबार नारीवादी विदेश नीतिको बारेमा चर्चा भएको छ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) ले आयोजना गरेको नारीवादी विदेश नीतिको सम्बन्धमा चर्चा भएको हो ।

नारीवादी विदेश नीतिको चर्चा

कार्यक्रममा मुख्य वक्ताको रुपमा रहेकी नेपालको पहिलो महिला परराष्ट्र सचिव सेवा लम्सालले नेपालजस्ता मुलुकहरुमा विस्तारै नारीवादी विदेश नीतिले स्थान हासिल गर्न थालेको बताइन् । उनले लैंगिक समानताका लागि नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू उल्लेख गरिन् । उनले लामो समयसम्म लैंगिक क्षेत्रमा लागेका व्यक्तिहरु तथा संस्थाहरूको निरन्तर वकालतपछि नेपालको कार्यपालिका, व्यवस्थापिका र न्यायिक निकायका साथै निजामती सेवामा महिला प्रतिनिधित्वलाई क्रमशः सुधार गरिरहेको बताइन् । उनले भनिन्, 'लैंगिक समानता हासिल गर्न र हाम्रो परराष्ट्र नीतिले नारीवादी विदेश नीतिको सिद्धान्तहरू समावेश गरेको सुनिश्चित गर्न हामीले अझै लामो बाटो तय गर्न बाँकी रहेको छ ।'

अर्की प्रमुख वक्ता राष्ट्रिय सभाका सदस्य तथा पूर्वराजदूत अन्जन शाक्यले महिला सहभागिता प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय संयन्त्र र नेपालको संवैधानिक प्रावधानमा जोड दिएकी थिइन् । तर उनले नेपालमा उच्च पदमा महिलाको निरन्तर अभावलाई रहेको बताइन् । 'कानुनी प्रावधानहरूले तल्लो तहमा महिला र केटीहरूमा ठूलो आशा जगाएको छ, उनीहरूलाई भोलिको नेता बन्न प्रेरित गर्दछ,' उनले भनिन् ।

सेसिफका कार्यकारी अध्यक्ष तथा पूर्वराजदूत विजयकान्त कर्णले नारीवादी विदेश नीतिसम्बन्धी चर्चा गर्न लागिरहेको कार्यक्रमको उद्देश्य नेपालको परराष्ट्र नीतिको सन्दर्भमा नारीवादी परिप्रेक्ष्यलाई मूलप्रवाहमा ल्याउने, सम्भावित मार्गहरू पहिचान गर्ने र नारीवादी परराष्ट्र नीति सिद्धान्तहरूलाई नेपालको परराष्ट्र नीतिको ढाँचामा एकीकृत गर्ने मार्गचित्र तयार गर्ने सम्बन्धमा संवाद गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा नारीवादी विदेश नीतिको सम्बन्धमा दुई कार्यपत्रहरु प्रस्तुत भएका थिए भने विभिन्न सेसनहरुमा छलफल पनि भएको थियो ।

प्रकाशित : वैशाख २५, २०८१ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?