१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठक स्थगित गरिएको हो । अब उक्त बैठक शुक्रबार बिहान बस्नेछ । 

कांग्रेस संसदीय दलको बैठक स्थगित

संसद् भवन ल्होत्से हालमा बिहीबार दिउँसो १ बजे बस्ने भनिएको उक्त बैठक पूर्वमन्त्री, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको हो । गुरुङको निधन बैशाख २५ गते नै भएको थियो ।

गुरुङको बिहीबार अन्त्येष्टि गरिने हुँदा बैठक स्थगित गरिएको कांग्रेस संसदीय दलले जनाएको छ ।

संसदीय दलको बैठक यही वैशाख २८ गते बिहान ८:३० बजे बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी तय भएको छ ।

संघीय संसद्को आगामी बजेट अधिवेशनमा पार्टीले कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसले संसदीय दलमा छलफल गर्ने भएको छ । सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति माग गरिरहेको कांग्रेसले आगामी अधिवेशनमा उक्त मागलाई कसरी अगाडि बढाउने भन्ने संसदीय दलबाट निर्णय लिनेछ ।

प्रकाशित : वैशाख २७, २०८१ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?