१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

कोशीमा सत्ता किचलो : हिक्मत प्रदेशतिर, केदार सर्वोच्च

पर्वत पोर्तेल

विराटनगर — कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति नयाँ सरकार गठनको आह्वान गरेपछि सत्ता र प्रतिपक्षी नेताबीच दौड सुरु भएको छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशीमा सरकार गठनको आह्वान गरेका थिए। यो निर्णय लगत्तै बहालवाला मुख्यमन्त्री केदार कार्की बिहीबार बिहानै काठमाडौं उडेका छन् भने प्रतिपक्षी नेता हिक्मत कार्की आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।

कोशीमा सत्ता किचलो : हिक्मत प्रदेशतिर, केदार सर्वोच्च

उनी एमाले-माओवादीका ५२ सांसदको हस्ताक्षर बोकेर प्रदेश प्रमुख कार्यालय पुगेका हुन्।

कोशीका मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेश प्रमुखले असंवैधानिक निर्णय गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको प्रेस सल्लाहकार देवनारायण यादवले जनाए।

गत चैत २६ मा एमाले-माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पुरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको तथा संकल्प प्रस्तावले उनी अल्पमतमा परेको कानुनी परामर्श पछि ठहर गर्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेको देखिन्छ ।

तर, मुख्यमन्त्री कार्कीले धारा १६८ (५) अनुसार अन्तिम विकल्पको सरकार दाबी गर्दै हटाउन निमल्ने जिकिर गरेका छन् ।

प्रकाशित : वैशाख २७, २०८१ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?