२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रविलाई मन्त्रीबाट हटाउन कांग्रेसले सहकारी छानबिनको माग राखेको हो, यो मान्य हुँदैन : ओली

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सहकारी छानबिनको माग गर्नुका पछाडि रवि लामिछानेले मन्त्रीबाट हटाउने उद्देश्य रहेकोले  त्यसको पक्षमा आफ्नो पार्टी नउभिने  भन्दै संसदीय दलमा सांसदहरूलाई ब्रिफिङ गरेका छन् ।

रविलाई मन्त्रीबाट हटाउन कांग्रेसले सहकारी छानबिनको माग राखेको हो, यो मान्य हुँदैन : ओली


संघीय संसद्को बजेट अधिवेशन सुरू हुनु अघि बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारीको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी र लामिछानले राख्दै आएको अडानको जस्तो भाषा प्रयोग गरे ।

'सरकारी बेथिती छ, रकम हिनामिना भएको छ । कुन सहकारीको स्थिति के छ त्यो सबै थाहा छ। अब सरकारले के गर्ने कदम चाल्नुपर्छ । यसमा थप छानबिन किन आवश्यक पर्‍यो ?' अध्यक्ष ओलीले भने,'हामीले रविजीको राजीनामा मागेको छैन भन्नुभएको छ (कांग्रेस)। जब समितिले छानबिन समिति बनाएपछि मन्त्रीमा रहन कसरी सक्छ । छानबिन समिति बनाइसकेपछि राजीनामाको खेल खेल्नुहुन्छ ।'

उनले रविलाई डेढ वर्ष खाइदिनुहोस् भन्न जाने, त्यो नमानेपछि फाइल बोकेर हिँडेको बताए । 'यो कांग्रेसको तरिका ठीक छैन । राजनीतिमा यसप्रकारका छुद्र खेल खेल्नुहुनुन । कसैको उजुरी छैन भनेर महान्यायाधिवक्ताले भनेको छ' अध्यक्ष ओलीले भने,' उजुर परेका भरमा छानबिन गर्ने भन्ने हुन्न । यस्तो प्रतिशोधी राजनीति गर्नुहुन्न ।'

प्रकाशित : वैशाख २८, २०८१ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?