२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

नीति तथा कार्यक्रम : राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणलाई तीव्रता दिइने 

काठमाडौँ — सरकारले राष्ट्रिय गौरवका सिक्टा, बबई, रानीजमरा-कुलरिया, भेरी-बबई र सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यलाई तीव्रता दिने जनाएको छ ।

नीति तथा कार्यक्रम : राष्ट्रिय गौरवका सिँचाइ आयोजना निर्माणलाई तीव्रता दिइने 

सर्लाही, र रौतहटमा भूमिगत जलस्रोतमा आधारित नविन यान्त्रिक सिँचाइ आयोजना र कैलालीमा भूमिगत जल सिँचाइ आयोजना सुरु गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार कर्णाली प्रदेशमा एकीकृत कर्णाली सिँचाइ विकास कार्यक्रम कार्यान्वयन गरिने छ ।

भूमिगत जल भण्डारणको पुनर्भरण सिँचाइ सुविधा विस्तारका लागि पानी सञ्चय गर्न पोखरी निर्माणलाई निरन्तरता दिइने भएको छ । बृहत सिँचाइ प्रणालीको मर्मत, सम्भार, पुनर्स्थापना तथा व्यवस्थापन सुधारमा प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित : जेष्ठ १, २०८१ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?