१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

गरे के हुँदैन ?

पाठक पत्र

हिजो काठमाडौंभित्र मनलागी सवारीसाधन पार्किङ हुन्थ्यो । फुटपाथमा जताततै पसल राखिन्थ्यो । ठेलागाडा असरल्ल हुन्थे । फोहोर गनाएर नाक छोप्दै हिँड्नुपर्थ्यो । अहिले यी सबको व्यवस्थापन भएको छ । फुटपाथबाट पसल हटाउँदा कतिपयलाई समस्या भएको होला । अब काठमाडौं महानगरले ठाउँ तोकेर बिहानको ७ बजेसम्म र बेलुका ७ बजेपछि फुटपाथ व्यापारका लागि खुला गरिदियो भने सुनमा सुगन्ध हुन्छ । काम गरेर खानेका लागि यो व्यापारले केही लाभ दिन्छ ।

महानगर प्रमुख बालेन शाहले राजधानीलाई हेर्न लायक बनाएका छन् । तीन दशकसम्म नभएको काम अहिले एक वर्षमा भएको छ । राम्रो कामलाई सबैले साथ दिनुपर्छ । बालेनको कार्ययोजना सही छ भने साथ र सहयोग दिनुपर्‍यो । राजधानी राम्रो र सफा भयो भने मुलुककै इज्जत बढ्छ । अहिले वसन्तपुर दरबार स्क्वायरमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । त्यहाँ आउने पर्यटकहरू ढुक्कसँग फोटो खिच्दै हिँड्न सक्ने भएका छन् ।

राष्ट्रपतिसमेत हिँडेरै हनुमानढोका गए । वसन्तपुर, ठमेललगायत क्षेत्र चौबीसै घण्टा खुल्ने भएको छ । खाली भित्तामा गरिएको विभिन्न संस्कृति झल्कने खालको पेन्टिङले अर्को सुन्दरता थपेको छ । महानगरले नदीनाला सफा गरिरहेको छ । महानगर खोलानाला सफा गर्दै जाँदा नागरिक पनि सचेत हुनुपर्छ । खोलानालामा फोहोर फाल्नु हुँदैन । संघ सरकारले पनि महानगरको राम्रो कामलाई साथ दिनुपर्छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : वैशाख ११, २०८१ ०३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?