कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३३

कांग्रेसकै नेता किन ?

पाठक पत्र

गएको साता नेपालका सञ्चारमाध्यममा मुख्य तीन समाचार छाए । ती सबै कांग्रेसका नेता जोडिएका विषय थिए– सांसद टेकबहादुर गुरुङ, दीपक खड्का र पूर्वसांसद मोहम्मद आफताब आलम ।

उनीहरूको गलत काम र आचरणबारे मिडियामा खबर आइरहँदा कांग्रेसले आजसम्म एक शब्द पनि बोलेको छैन । आगामी दिनमा गलत काम गर्नेलाई निर्वाचनमा टिकट दिँदैनौं, संरक्षण गर्दैनौं भनेर जनतालाई आश्वस्त पार्ने काम गरेको छैन । जीवन्त पार्टीहरूमा यस्ता कुरामा छलफल गरिन्छ, प्रतिक्रिया दिइन्छ । कांग्रेस यसमा चुकेको छ ।

आफ्नो पार्टीका सांसदहरूको खराब काममा बोल्न नसक्ने पार्टीलाई केवल अर्को पार्टीको सांसदबारे बोल्ने, संसद् नै अवरुद्ध गर्ने नैतिक अधिकार हुँदैन । यो कुरा कांग्रेसले हेक्का राखोस् । एमालेले पनि हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरीलाई टिकट दिएर जनभावनाको अपमान गरेको थियो । यो संयोग हो कि राजनीतिक पार्टीहरूको नियति ? जे भए पनि यो चिन्ताको विषय हो । किन हाम्रा कानुन निर्माता सांसदहरू यसरी आपराधिक क्रियाकलापमा जोडिन्छन् ? राजनीतिक पार्टीहरूले गलतलाई गलत भन्न सक्नु पर्दैन ? खासमा यस विषयमा गम्भीर ढंगले मनन गरी आचारसंहिता बनाउनुपर्छ । गलत आचरण र भ्रष्टलाई संरक्षण गर्ने दलहरूलाई आम जनताले निर्वाचनबाट पाखा लाइदिन्छन् । पैसा खर्च गरेर टिकट लिने, सांसद बन्ने अनि राष्ट्रको सम्पत्तिमाथि गिद्धे आँखा लाउने काम किमार्थ उचित होइन । अनुसन्धान हुँदा वा मुद्दा चल्दा पार्टीहरू मौन बसे पनि अदालतले दोषी नै ठहर गरिसकेपछि पनि चुप लाग्नु गलत छ ।

गोपाल देवकोटा, गौरीनगर, काठमाडौं

प्रकाशित : वैशाख १८, २०८१ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?