२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

रुस–युक्रेन युद्धमा फसेका नेपाली

पाठक पत्र

रुसी सेनामा भएका नेपालीका आफन्त अनशन बसेको समाचार देखेपछि केही लेख्न मन लाग्यो । रुसी सेनामा भर्ती भएका नेपालीलाई उद्धार गरी फर्काउन माग राखेर आफन्त काठमाडौंमा अनशन बसेका रहेछन् । रुसी सेनामा लागेका युवाको सम्झौता रद्द गरी नेपाल फर्काउनुपर्ने, घाइते तथा मृत्यु भएका सेनाका परिवारलाई राहत दिलाउनुपर्ने, शवलाई नेपाल ल्याइदिनुपर्ने, बेपत्ता भएकाको खोजी गरिदिनुपर्ने माग आफन्तको छ ।

रुसी सेनामा भर्ती भएका नेपालीको तथ्यांक प्रकाशन गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् । आफन्तलाई रुसी सेनामा पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारबाही गर्नुपर्ने, रुसबाट फर्केर आएकालाई पुनःस्थापना जस्ता विषय पनि उनीहरूले अघि सारेका छन् ।

रुसी सेनामा भर्ती हुन गएका नेपालीका विषयका सरकार गम्भीर नभएकाले अनशन बस्नुपरेको अनशनकारीको तर्क छ । रुसी सेनामा भर्ती हुन गएका नेपालीमध्ये कम्तीमा सय जना परिवारको सम्पर्कमा नभएकामा तथा रुस–युक्रेन युद्धमा ३६ जनाको मृत्यु भइसकेको भए पनि शवसमेत नेपाल ल्याउन नसकिएकामा उनीहरू आक्रोशित छन् । तर यो विषय नेपाल सरकारमा मात्र निर्भर देखिँदैन ।

रुसी सेनामा नेपाली युवा भर्ती भएको जानकारी पाउनासाथ सरकारले कूटनीतिक पहल गरेको समाचार आएको पनि थियो । ती युवा नेपाल सरकारले पठाएर वा सरकारलाई जानकारी दिएर गएका होइनन् ।

बिचौलियाको प्रभावमा परेर बढी कमाउने प्रलोभनका कारण रुसी सेनामा भर्ती भएका हुन् तर सरकारले यसो भन्दैमा समस्यामा परेका आफ्ना नागरिकका विषयमा पन्छन मिल्दैन, उद्धारका लागि थप प्रभावकारी कूटनीतिक कदम चाल्नुपर्छ ।
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : वैशाख २४, २०८१ ०५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?