कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

जितको खुसी (तस्बिरहरू)

पर्वत पोर्तेल

इलाम — प्रतिनिधिसभा अन्तर्गत इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएपछि जितको खुसी साट्न सयौं एमाले समर्थक मंगलबार विजय जुलुसमा सहभागी भए। जुलुसमा सहभागी बन्न फाकफोकथुम, माई,देउमाई, माङ्सेबुङलगायत पालिकाबाट एमाले मतदाता इलाम ओइरिएका थिए ।

स्थानीय टुँडिखेलमा भेला भएपछि विजय र्‍याली चोक बजारतिर लम्किएको थियो ।

चोक बजारको विजय सभालाई सम्बोधन गर्नु अघि सुहाङले सहिद रत्नकुमार वान्तवाको सालिकमा माल्यार्पण गरेका थिए। विजय र्‍याली पछिको सभालाई एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले सम्बोधन गरेका थिए।

प्रकाशित : वैशाख १८, २०८१ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्