प्रदेश १
वैशाख ११, २०७५

केन्द्र विवाद : कतै चर्कँदै, कतै सुल्झँदै

बराहापोखरी गाउँपालिकाको कार्यालयबारे चर्किएको विवाद अझै मत्थर हुन सकेको छैन । उक्त पालिकाको वडा ३ साउनेचौरबाट सञ्चालन हुँदै आएको गाउँपालिकाको कार्यालय वडा ४ फाक्टाङस्थित बाघखोर भञ्ज्याङमा सार्न खोजिएको भन्दै चर्किएको विवाद मत्थर नभएको हो ।

धमाधम पुल बन्दै

दमक औद्योगिक क्षेत्रमा आवश्यक पर्ने पुल निर्माण सुरु भएको छ । औद्योगिक क्षेत्रका लागि प्रस्तावित दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका जोड्ने गरी पुल निर्माण थालिएको हो ।

नयाँ पुस्तालाई वित्तीय व्यवस्थापन शिक्षा

सिनाम माध्यमिक विद्यालयको १० कक्षामा अध्ययनरत निशा भट्टराईको चाहना डाक्टर बन्ने छ । एसईई परीक्षामा ए प्लस ल्याउने लक्ष्य राखेकी उनलाई कसैले भविष्यमा के बन्ने भनेर जिज्ञासा राखे निर्धक्क त्यही सुनाउँछिन् ।

अशक्तलाई घर

शारीरिक रूपले अशक्त पुण्य प्याकुरेलले नयाँ घर पाएका छन् । सञ्चारकर्मी र यातायात मजुदरले सामाजिक सञ्जाल प्रयोग गरेरर धरान– १५ महादेवचोक नजिक उनलाई घर बनाइदिएका हुन् ।

पर्यटन विकासमा ‘टुरिजम मार्ट’

पूर्व क्षेत्रमा छिमेकी मुलुक भारत, बांगलादेश, भुटानका निजी क्षेत्रसँग मिलेर पर्यटन बजार सिर्जना गर्न प्रदेश १ तहको इस्ट टुरिजम मार्ट मार्फत व्यावसायिक गतिविधि अघि बढाइने भएको छ । पूर्व क्षेत्रका पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा पर्यटन बजार सिर्जना गर्न मार्टको सञ्चालन गर्ने भएको हो ।

सहज बन्दै खानेपानी

केराबारी २ जेफाले डाँडास्थित बिहीबारेकी ८० वर्षीया साबित्रा कटुबाल आँगनमै खानेपानी आएपछि दंग छिन् । पानी खान, लुगा धुन, नुहाउन, गाईबस्तुलाई खुवाउन सहज भएको उनले सुनाइन् । यसअघि उनी सम्बेवा खोलाबाट ६ घण्टा बोकेर ल्याएको पानी खाँदै आएकी थिइन् ।

इन्जिनियरिङका दुई विद्यार्थीमाथि छुरा प्रहार 

सुनसरीको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथि सोमबार राति छुरा प्रहार भएको छ । 

वैशाख १०, २०७५

भन्सार छलीमा संलग्न २ भारतीय पक्राउ

भारतीय कारखानामा निर्मित विभिन्न ब्रान्डका कपडा भन्सार छलेर चोरी पैठारी गरी नेपाल छिराइएको बेला सुनसरीको हरिनगरा सिमानाकाबाट प्रहरीले सोमबार एक थान मोटरसाइकल सहित ८६ हजार ४ सय रुपैयाको सामान बरामद गरेको छ । 

धनकुटाकाे राजारानीमा पर्यटकीय महोत्सव हुने

प्राकृतिक सौन्दर्यले भरिपूर्ण धनकुटाको राजारानी (मावरक–पावरक) लाई प्रदेश नं. १ को पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पहिलो पटक मावरक पावरक पर्यटकीय सांस्कृतिक महोत्सव अयोजना हुने भएकाे छ ।

ADVERTISEMENT

कहिले बन्ला सडक ?

विराटनगर महानगरपालिका भित्रैका सडककै कारण सर्वसाधारणले सास्ती खेप्नुपरेका छन् । वर्षा सुरु हुनुअगावै सडकमा ठूला खाल्डा परेका छन् । बेमौसमी पानीकै कारण हिलाम्मे सडकमा यात्रा गर्नु सर्वसाधारणको बाध्यता छ ।

माईभ्याली गोल्डकप: पुलिसको संघर्षपूर्ण जित

कोलकाताको दुर्गापुर टीएसवाईलाई १–३ गोलले पराजित गर्दै नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो हाफ बराबरी भएको खेलमा दोस्रो हाफको इन्ज्युरी समयमा २ गोल गर्दै पुलिसले जित दर्ता गर्‍यो ।

अंग्रेजी माध्यममा सामुदायिक विद्यालय

विद्यालय भर्ना अभियान तीव्र भएका बेला धरानका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम अपनाउने लहर चलेको छ । अधिकांश सामुदायिक विद्यालयले अंग्रेजी माध्यम अपनाएर पठनपाठन गर्न थालेका छन् ।

‘नमुना गाउँपालिका बनाउँछु’

साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का तत्कालीन माओवादी लडाकु हुन् । उनले पार्टीको विभिन्न मोर्चामा जिम्मेवारी सम्हालिसकेका छन् ।

ADVERTISEMENT

आयुर्वेद चिकित्सालय बन्दै

झापाको कमल गाउँपालिका ७, लखनपुरमा प्रदेशस्तरीय आयुर्वेद चिकित्सालय निर्माण हुने भएको छ । चिकित्सालय निर्माण प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ ।