३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

धनकुटामा माइक्रो दुर्घटना : १५ जना घाइते 

धनकुटा — कोशी राजमार्गअन्तर्गत धनकुटाको च्याङच्याङबारीमा काठमाडौंबाट संखुवासभाको खादबारी जाँदै गरेको माइक्रो बस दुर्घटनामा १५ यात्रु घाइते भएका छन्। बा ५ ख ७२४ नम्बरको माइक्रो बस दुर्घटना हुँदा घाइतेमध्ये ७ यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

घाइतेहरूका उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको धनकुटाका ट्राफिक प्रहरी इन्चार्ज चन्द्रकुमार फाजू श्रेष्ठले जानकारी दिए ।

चालकसहित २० जना यात्रु सवार माइक्रो धनकुटा नगरपालिका-९ स्थित च्याङच्याङबारीमा बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब ७५ फिट तल खसेको छ । दुर्घटनापछि गाडी चालक हरिशरण आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : वैशाख ८, २०८१ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?