कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

दुई पत्रकार पुरस्कृत

डम्बरसिं राई

खोटाङ — नेपाल पत्रकार महासंघ खोटाङ शाखाको सातौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाको अवसरमा जिल्लाका दुई पत्रकार पुरस्कृत भएका छन् ।

दुई पत्रकार पुरस्कृत

गोरखापत्रका जिल्ला संवाददाता राजकुमार भट्टराई र रूपाकोट साप्ताहिक तथा नमस्ते खोटाङ डटकमकी संवाददाता सविना अछामे परियार शनिबार पुरस्कृत भएका हुन् ।

जिल्लामा रहेर विकास निर्माण क्षेत्रमा कलम चलाउने पत्रकारलाई महासंघले प्रत्येक साधारणसभा तथा अधिवेशनको अवसरमा पुरस्कृत गर्दै आएको छ ।

महासंघको सातौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाको अवसरमा कोशी प्रदेशसभा सदस्य भूपेन्द्र राईले शनिबार नगद पाँच हजारसहित प्रमाणपत्र दिएका हुन् ।


प्रकाशित : वैशाख १५, २०८१ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?