कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

पत्रकार चिसाङ शेर्पा पुरस्कृत

डम्बरसिं राई

खोटाङ — नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङले पत्रकार चिसाङ शेर्पालाई पुरस्कृत गरेको छ । महासंघको चौथो जिल्ला अधिवेशनको अवसरमा बुधबार शेर्पालाई पुरस्कृत गरिएको हो ।

पत्रकार चिसाङ शेर्पा पुरस्कृत

पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिको मुद्दा बुलन्द गर्न योगदान पुर्‍याएकाले नगद पाँच हजार, प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । त्यस्तै अन्य ७ जनालाई सम्मानसमेत गरेको छ ।

पहिचानको आन्दोलनमा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराती, गन्धमान राई, राजेश राई, विजय राई, उदिम चाम्लिङ र नेपाल आदिवासी जनजाति महासंघको भवनका लागि निःशुल्क जग्गा दिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेका फुर्वा शेर्पा र पसलामु शेर्पा (दम्पती) लाई सम्मान गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङका अध्यक्ष फुर्वा शेर्पाले बताए ।

शेर्पा दम्पतीले महासंघको कार्यालय भवन निर्माणका लागि थामखोरेडाँडामा मालपोतको दरभाउअनुसार १० लाख १० हजार बराबरको आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

प्रकाशित : वैशाख १९, २०८१ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?