२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कान्तिपुरकर्मी अधिकारीलाई प्रादेशिक पत्रकारिता पुरस्कार

विराटनगर — कोशी प्रदेशले दिने यस वर्षको प्रादेशिक पत्रकारिता पुरस्कारबाट धनकुटास्थित कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारीसहितका पत्रकारहरु पुरस्कृत भएका छन् । 

कान्तिपुरकर्मी अधिकारीलाई प्रादेशिक पत्रकारिता पुरस्कार

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा सोमबार एक लाख राशीको उक्त पुरस्कार प्रदान गरेको हो । नवौं पत्रकारिता दिवसको अवसरमा सरकारले हरेक वर्ष प्रदेशमा रहि २५ वर्ष बढि पत्रकारिता गर्ने पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको आन्तरिक मामिला तथा कानुनमन्त्री सम्शेर राईले बताए ।

उक्त अवसरमा अधिकारी सहित पाँच पत्रकार सम्मानित भएका छन् । पुरस्कृत हुने अन्यमा मोरङका अनन्तराज न्यौपाने, सुनसरीका प्रेमबहादुर (पीवी) दियाली, झापाका भीमबहादुर नेम्वाङ र उदयपुरका महेश्वर चाम्लिङ रहेका छन् ।

पुरस्कार कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री राई, स्वास्थ्य मन्त्री प्रदिप सुनुवार लगायतले संयुक्त रुपमा चेक तथा सम्मानपत्र प्रदान गरेका थिए । तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालादेखि सुरु गरिएको प्रादेशिक पत्रकारिता पुरस्कारबाट हालसम्म २० जना पत्रकार सम्मानित भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले बताए ।

प्रकाशित : वैशाख २४, २०८१ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?