२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा फुड फेस्टिभल धनकुटामा

धनकुटा — घरेलु, कृषि तथा साना उद्योगको प्रवर्द्धनका लागि धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेस्टिभल हुने भएको छ । धनकुटा ६ अमलेटारस्थित औद्योगिक ग्राममा आगामी जेठ ९ देखि १३ गतेसम्म मेला तथा फेस्टिभल आयोजना गरिएको बिहीबार पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको हो ।

प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा फुड फेस्टिभल धनकुटामा

नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा मेला हुन लागेको जनाइएको छ ।

मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्री वितरणका साथै मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए । मेलामा घरेलु उत्पादन, स्थानीय खानाका परिकार सहित ३० वटा स्टल रहने छ ।

२० हजार आन्तरिक पर्यटक र २ करोडको कारोबार हुने आयोजकको अनुमान छ । अमलेटारमा २० करोडको लागतमा निर्माण भएको औद्योगिक ग्राम अपेक्षाकृत सञ्चालनमा आउन नसकेपछि मेलाको आयोजना गर्न लागिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख इश्वर थापाले बताए । मेलामा घरेलु कार्यालयको १० लाख रुपैयाँ सहयोग रहेको अन्य स्रोत जुटाउने काम भइरहेको आयोजकले जनाएको छ ।

प्रकाशित : वैशाख २७, २०८१ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?