२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

१० बोरा गाँजासहित युवक पक्राउ

विनोद भण्डारी

विराटनगर — मोरङ प्रहरीले १० बोरा गाँजासहित सीमावर्ती जहदा गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । भारत निकासी गर्ने तयारीका लागि जहदा ३ स्थित हाथीबन्दाको मकैखेतमा गहुँको भुसमा लुकाई राखेको अवस्थामा स्थानीय २४ वर्षीय भगवान किस्कुलाई १० बोरा गाँजा (२ सय १८ किलो) सहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

सीमावर्ती जहदा गाउँपालिका गाँजा निकासीको प्रमुख नाका मानिदै आएको छ ।

धनकुटा लगायतका पहाडी क्षेत्रबाट गाँजा ल्याएर जहदाको लक्ष्मनीया हुँदै महादेवकोल छोटी नाकाबाट भारत निकासी हुँदै आएको छ ।

प्रकाशित : वैशाख २७, २०८१ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?