प्रदेश २
असार ७, २०७५

तलब माग्दै कर्मचारी सडकमा

१५ महिनाको तलब भुक्तानीका लागि २ महिनादेखि कलेज परिसरमै धर्नारत जानकी मेडिकल कलेजका कर्मचारी बुधबारदेखि सडक आन्दोलनमा उत्रिएका छन् । धनुषाको रमदैयास्थित कलेजनजिकै जनकपुर–ढल्केबर राजमार्गमा टायर बालेर कर्मचारी प्रदर्शनमा उत्रिँदा आवागमन ठप्प भएको छ ।

वैदेशिक रोजगार पीडित आन्दोलनमा

वैदेशिक रोजगारीमा देखिएका बेथितीविरुद्ध पीडित परिवारले बुधबार प्रदर्शन गरेका छन् । उनीहरूले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटेर समस्या समाधानका लागि १६ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन् ।

बाढी व्यवस्थापनको माग

सप्तरीको पूर्वदक्षिण क्षेत्रका स्थानीय तहका प्रमुखले वर्षात्का बेला बाढीले दु:ख दिने गरेको भन्दै नियन्त्रणका लागि केन्द्रीयस्तरबाटै समुचित बजेटको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

संक्रमणकाल अझै कायमै : मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संक्रमणकाल अझै कायमै रहेको बताएका छन् । निर्वाचन आयोगले बुधबार जनकपुरमा आयोजना गरेको प्रदेश २ निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले तीनै संघीय, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय र अस्तित्वलाई स्वीकार नगर्नुलाई संक्रमणकालको संज्ञा दिए ।

असार ६, २०७५

लागूऔषध सेवन गर्न सीमापारि

सीमावर्ती भारतको बैरगनिया बजारमा लागूऔषधको सेवन तथा कारोबारी गर्नेको संख्या बढेको छ । यस्तोमा युवाको जमात बढी देखिएको छ । उनीहरू पारि सेवन गर्ने र खरिद गरी लुकाएर ल्याउने गर्छन् ।

सस्तियो आँप

‘मालदह । आऊ आऊ एक सयमे दू किलो मालदह आम लिय ।’ जनकपुर अञ्चल अस्पताल जाने बाटोमा आँप बेच्दै गरेका एक बिक्रेता ग्राहकलाई आकर्षित गर्न एकोहोरो चिच्याइरहेका थिए ।

महानगरमा जनशक्ति अभाव

वीरगन्ज महानगरपालिकामा सीमित जनशक्तिका कारण कर्मचारीमाथि अत्यधिक कार्यभार बढेको छ । सेवाग्राहीले पनि कार्यालयबाट छिटो र छरितो सेवा पाउन सकिरहेका छैनन् ।