कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

अवैध रूपमा भित्र्याइएका भारतीय कुखुरा नष्ट

शिव पुरी

रौतहट — रौतहटको बौधिमाई नगरपालिका-७ मा बिहीबार भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको भारतीय कुखुरा जिल्ला प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।

अवैध रूपमा भित्र्याइएका भारतीय कुखुरा नष्ट

भारतबाट भन्सार राजस्व छलेर अवैध रूपमा नेपाल ल्याएको भन्दै १ सय ६ वटा ब्रोइलर कुखुरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी एलिजा गिरिले जानकारी दिइन ।

'साइकलमा लोड गरेर ल्याउँदै गरेको ब्रोइलर कुखुरा बौधिमाई नगरपालिका-७ मा चेकिङका क्रममा नियन्त्रणमा लिइएको हौँ,'उनले भनिन,'प्रहरीलाई देख्नासाथ अवैध रूपमा भारतबाट कुखुरा ल्याउने मानिस फरार भए । उनको खोजी भइरहेको छ ।'

नियन्त्रणमा ल्याइएको कुखुरा स्थानीय भद्रभलादमी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । केही समयदेखि भारतबाट साइकल मोटरसाइकलमा कुखुरा ल्याउने साना व्यापारी सक्रिय छ ।

प्रकाशित : वैशाख २०, २०८१ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?