२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

गाँजासहित २ महिला पक्राउ 

शंकर आचार्य

पर्सा — प्रहरीले २ महिलालाई लागूऔषध गाँजासहित वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–२ की ४२ वर्षीया इन्द्रकुमारी चेपाङ र ४२ वर्षीया फुलमाया स्याङ्बो छन् । 

गाँजासहित २ महिला पक्राउ 

वीरगन्ज महानगरपालिका–२१ हनुमानचोकस्थित सडक खण्डमा प्रहरी चौकी परवानिपुरबाट खटिएको चेकिङ टोलीले सवारीसाधन जाँच गर्ने क्रममा शनिबार नारायणगढ चितवनबाट वीरगन्ज तर्फ आउँदै गरेको ना ४ ख ५९३७ नम्बरको सार्वजनिक बसमा जाँच गर्दा उक्त बसको पछाडिको सिटमा बसेका ती महिलाहरूको छेउमा राखिएको पिठ्युमा बोक्ने कालो रंङको २ वटा झोलाबाट उक्त लागूऔषध बरामद गरेको थियो ।

उक्त झोला भित्र हरियो प्लाष्टिकले बेरेर राखिएको १० किलो लागूऔषध गाँजा फेला परेको थियो । उनीहरुविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

प्रकाशित : वैशाख २४, २०८१ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?