कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

काभ्रेको पात्लेखेतमा सवारी दुर्घटना हुँदा ६ जना घाइते 

काठमाडौँ — काभ्रेस्थित बीपी राजमार्गअर्न्तगत धुलिखेल नगरपालिका ११ पात्लेखेतमा इलेक्ट्रिक भ्यान दुर्घटना ६ जना घाइते भएका छन् । 

शनिबार दिउँसो २ बजेतिर रामेछापको मन्थलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ५२५ नम्बरको इलेक्ट्रिक भ्यान पात्लेखेतमा अनियन्त्रित भई सडकबाट तल खस्दा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा परी रामेछापको मन्थली नगरपालिका ८ बस्ने २८ वर्षीय श्रवणकुमार माझी, उनकी श्रीमती शर्मिला माझी, उनका छोरी सोडिमा माझी, सोही नगरपालिका ८ की १६ वर्षीया मनिषा माझी, उनका भाइ १४ वर्षीय आशीष माझी र काभ्रेको बनेपा नगरपालिकाको ७ गोदामचोक बस्ने १६ वर्षीया सचिता गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

घाइतेहरुको जिल्लास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । सवारी चालकलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनएको छ ।

प्रकाशित : वैशाख २२, २०८१ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?