कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

मेलम्चीको मुहान सार्नेबारे विज्ञसँग छलफल भइरहेको छ : मन्त्री राई

अनिश तिवारी

हेलम्बु (सिन्धुपाल्चोक) — खानेपानी तथा सरसफाई मन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी आयोजनाको मुहान सार्ने विषयहरुमा विज्ञहरुसँग उच्चस्तरीय छलफल भइरहेको बताएका छन् । शनिवार बाढीले ध्वस्त बनाएको मेलम्चीको मुहान क्षेत्र पुगेका मन्त्री राईले अवलोकनपछि मुहान सार्ने विषयमा छलफल भइरहेको खुलाएका हुन् । 

मेलम्चीको मुहान सार्नेबारे विज्ञसँग छलफल भइरहेको छ : मन्त्री राई

हेलम्बु गाउँपालिका-१ अम्बाथानस्थित मुहानस्थल पुगेका मन्त्री राईले आयोजनाबारे विज्ञसँग छलफल भइरहेको बताए । उनले शनिवार मेलम्ची बाढीले ध्वस्त बनाएको मेलम्चीको मुहान सार्ने भनिएको सर्कथली क्षेत्रको समेत स्थलगत भ्रमण गरेका छन् ।

मेलम्ची बाढीको झण्डै तीन वर्ष पुग्नैलाग्दा सम्म पनि मुहान सार्ने विषयमा छलफल अनिश्चित छ । 'मैले मन्त्रीको जिम्मेवारी लिएको दुई महिना मात्रै भयो, आयोजनाको भौतिक पूर्वाधार र अडिटका काम र मुहान सार्नेबारे के-के गर्नुपर्ने हो, विज्ञसँग उच्चस्तरीय छलफल र बैठक भइरहेको छ,' उनले भने ।

मन्त्री राईले मेलम्ची आयोजना रोकिनु र अघि नबढ्नुको भित्री कारण धेरै गन्जागोल भएकाले त्यसलाई सुल्झाउन र बुझ्न समय खर्च भइरहेको बताए ।

शनिवार आयोजनाका पूर्वसचिव, प्रमुख, इन्जिनियर, मेलम्ची नगरपालिकाकी उपप्रमुखसहित स्थानीय नेताहरुले मेलम्ची खानेपानी आयोजना क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

मन्त्रीलाई बाढीपीडितको ढुंगा र बालुवा उपहार

खानेपानी मन्त्री राजेन्द्रकुमार राईसहितको टोलीलाई हेलम्बु गाउँपालिकाका स्थानीय बाढीपीडितले एक टपरी बालुवा र रोडा उपहार दिएका छन् । शनिवार हेलम्बु गाउँपालिका-२ किउलमा पनि आफ्नो माग पूरा नभएको भन्दै असन्तुष्ट स्थानीयले गुनासो पोख्दै मागसहितका १७ बुँदे ज्ञापनपत्र बुझाए ।

आयोजनाले आफ्ना माग पूरा नगरेमा अस्थायी अडिटबाट सुन्दरीजल लगिएको १७ करोड लिटर पानीको मुहान बन्द गरिदिने भन्दै उनीहरुले आक्रोशसमेत पोखे ।

प्रकाशित : वैशाख २२, २०८१ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?