२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

पाँचखालमा रुखमा झुन्ड्याइ जलाएको अवस्थामा एक पुरुषको शव फेला 

काभ्रे — जिल्लाको पाँचखाल नगरपालिका-४ स्थित जिरोकिलोमा एक पुरुषको शव फेला परेको छ ।

शुक्रबार बिहान साढे ८ बजे काभ्रे पाँचखाल नगरपालिका-४ जिरोकिलोस्थित मेलम्ची जिरोकिलो सडक खण्डबाट अन्दाजी ५० मिटर तल बिराजे खोल्चा जंगलमा परिचय नखुलेको अन्दाजी २५ वर्षीय पुरुषको मुख र छातीमा फलामको तारले रुखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार शवको प्रकृति हेर्दा १५/२० दिनदेखि अघिको भएको र सडे/गलेको जस्तो देखिन्छ । प्रहरीले यस विषयमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित : वैशाख २८, २०८१ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?