२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सवारी दुर्घटनाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

काभ्रे — सवारी दुर्घटनाका फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका-८ का  ३२ वर्षीय सुदिप ठकुरीलाई पक्राउ गरेको हो । उनी बस चालक हुन् । 

सवारी दुर्घटनाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

कार्यालयका अनुसार २०६९ भदौ १९ गते काभ्रेको साबिक टुकुचा नाला गा.वि.स वडा नं २ मा नालाबाट भक्तपुरतर्फ जाँदै गरेको उग्रचण्डी बोर्डिङ स्कुलको बा २ ख १३२४ नम्बरको दुर्घटना हुदाँ ११ जना बालबालिका घाइते हुनुको साथै बसका सहचालक करण श्रेष्ठको घटना स्थलमै मृत्यु भएको थियो ।

उक्त घटनाको सम्बन्धमा २०६९ भदौ २६ गते सवारी ज्यान शीर्षकमा बस चालक ठकुरी विरुद्ध मुद्धा दर्ता भएको जिल्ला प्रहरी प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त समयदेखि फरार रहेका उनलाई ११ वर्षपछि प्रहरीले २०८१ वैशाख ३० गते पक्राउ गरेको हो । पक्राउ परेका ठकुरी उपर जिल्ला अदाल काभ्रेपलाञ्चोकबाट ६ दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ३१, २०८१ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?