गण्डकी
भाद्र १, २०७६

धम्पुसमा पर्यटन गुरुयोजना

कास्कीको धम्पुसमा वडास्तरीय पर्यटन गुरुयोजना बनेको छ । माछापुच्छ्रे गाउँपालिका–७ ले अन्तरिक्ष विज्ञान तथा जियोमेटिक्स अध्ययन केन्द्रसँगको सहकार्यमा गुरुयोजना तयार पारेको हो ।

श्रमदान गरेर बिजुली

राष्ट्रिय प्रसारण लाइनको बिजुली छैन बडिगाड गाउँपालिकामा । त्यसैले चाहेको जस्तो उद्योग खोल्न सम्भव भएन । बिहानबेलुकी बिजुली बाल्दा भएको सबै ऊर्जा खपत हुन्छ । त्यसैले स्थानीयले आफ्नै लगानीमा सञ्चालित लघुविद्युत्को क्षमता बढाउन थालेका छन् । 

‘उपप्रमुखहरू छाया मात्र होइनन्’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पालिकाका उपप्रमुखहरू छाया मात्र नभएकाले काममा भेदभाव गर्न नहुने बताएका छन् । 

विपद् योजना तयार

तनहुँको म्याग्दे गाउँपालिकाले १० वर्षे विपद् तथा जलवायु उत्थानशील योजना तयार पारेको छ । विपद् तथा जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि विपद् तथा जलवायु उत्थानशील गाउँपालिकाका रूपमा स्थापित गर्न योजना बनाएको हो ।

गण्डकीका ३० योजना अलपत्र

गण्डकी प्रदेश सरकारले कास्कीको रुपा रिङरोड बनाउने योजना अघि सार्‍यो । गत आर्थिक वर्षमा योजनाका लागि केही बजेट विनियोजन गर्‍यो । यसैगरी उक्त आवमा मोटरेबल पुल र सडक गरी ३० योजनाका लागि साढे २ अर्ब छुट्यायो । 

ADVERTISEMENT
ADVERTISEMENT

चट्याङले ६१ भेडा मरे, १० लाख बराबरको क्षति

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा १० लाख बराबरको क्षति पुगेको छ । शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् ।

घाँटी रेटेर श्रीमतीको हत्या

गोरखा नगरपापालिकामा–९ लक्ष्मी बजारमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । शनिबार राति १० बजेतिर २० वर्षीय श्रीमान् याकुव परियारले १९ वर्षीया श्रीमति पूजा परियारको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । 

श्रावण ३२, २०७६

पक्की सडकमा कच्चीको भाडा

गोरखा–घ्याम्पेसाल र लुइँटेल भन्ज्याङ–भच्चेक सडक कालापत्रे सकिए पनि यात्रुहरू कच्ची सडककै भाडा तिर्न बाध्य छन् । ग्रामीण भेगअन्तर्गत यी दुई सडक गत आर्थिक वर्षमा कालापत्रे भएका हुन् । 

भाइले गरे दाजुभाउजूको हत्या

गाउँमा एक वर्षदेखि लिले कामी र सीता विकको अबैध सम्बन्धबारे हल्ला थियो । गाउँले बसेर विवाद अन्त्यको प्रयास पनि गरे । दाइको छोरा र भाइको बुहारीबीचको यो सम्बन्धले परिवारकै सदस्यको हत्याको रूप लिएको छ ।

महानगरमा तिरो तिर्न सास्ती

पोखरा महानगरपालिकामा तिरो तिर्न आएका सेवाग्राहीले सास्ती पाएको गुनासो गरेका छन् । वडा कार्यालयमा ढिला भएकाले महानगर आएका पोखरा–६ ड्यामसाइडका अमुल गुरुङले जग्गाको तिरो तिर्न मुस्किल परेको सुनाए ।