गैंडाकोटमा आगलागीबाट घरगोठ जले

नारायण शर्मा

नवलपरासी पूर्व — गैंडाकोट नगरपालिका वडा नम्बर-३ ढोडेनीस्थित वडा कार्यालयनजिक गएराति एक घर र गोठमा आगलागीमा जलेर नष्ट भएको छ । वडाध्यक्ष शिवकान्त तिवारीका अनुसार आगलागीबाट स्थानीय तुलबहादुर डिस्वाको घर र गोठ जलेर नष्ट भएको हो । 

गैंडाकोटमा आगलागीबाट घरगोठ जले

तिवारीका अनुसार सबैले चाडै तदारुकता देखाएर आगो नियन्त्रणमा लिइएका कारण सिंगै गाउँमा आगो फैलिन सकेन । गएराति करिब सवा २ बजेको समयमा आगो लागेको थियो । स्थानीय , प्रहरी र दमकलको सहयोगले अहिले बिहान साढे ५ बजे आगो निभाइएको हो ।

आगलागीबाट सुनारीको काठको दुई तले घर र सम्पूर्ण सामग्री जलेको प्रहरीले जनायो । पूर्वी नवलपरासीको २१ हजार हेक्ट भन्दा धेरै जंगल क्षेत्रफलमा डढेलो फैलिएको छ ।

प्रकाशित : वैशाख १६, २०८१ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?