कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

नारायण शर्मा

पूर्वी नवलपरासी — संचालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको ११ करोड भन्दा बढी रकम हिनामिना भएको छिपछिपे उपभोक्ता सहकारी संस्थाका पीडितको उजुरीको आधारमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले हिनामिना गर्ने बिरुद्ध मुद्दा चलाउने भएको छ ।

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

कावासोतीमा कार्यालय रहेको छिपछिपे सहकारीका बचतकर्ताको रकम हिनामिना भएको बारेमा अनुसन्धान थालेको प्रहरीले अनुसन्धान थालेको २५ दिनपछि जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तैयारी गरेको हो ।

गत २५ दिन अघिदेखि यो सहकारीका व्यवस्थापक योगेन्द्र पाण्डेको मुख्य योजनामा बचतकर्ताको ११ करोड भन्दा बढी रहक हिनामिना भएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानकाक्रममा ८ वर्ष भन्दा बढी समय अध्यक्ष र व्यवस्थापक (एउटै ब्यक्ति ) रहेका योगेन्द्र पाण्डेको डिजाइनमा यहाँका २३ सय ९३ बचतकर्ताको ११ करोड रकम हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रहरीले रकम हिनामिनाको अभियोगमा ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

जिल्ला प्रहरीले गरेको अनुसन्धानमा रकम हिनामिना गर्नेमा संस्थाका पूर्व अध्यक्ष तथा हालका व्यवस्थापक योगेन्द्र पाण्डेलाई मुख्य कसुरदार ठहर गरेको छ । उनकै योजनामा कर्मचारी र संचालक समितिका केहि ब्यक्तिको मिलोमतोमा बचतकर्ता सर्बसाधारणको रकम हिनामिना भएको प्रहरी अनुसन्धानले देखाएको बताइएको छ ।

पूर्वी नवलपरासीका प्रहरी उपरिक्षक नरहरी रेग्मीले छिपछिपे सहकारीको सुक्षम अनुसन्धान गरिएको र कसुरदार बिरुद्ध यसैसाता मुद्दा दर्ता गर्ने तयार रहेको टेलिफोनमा जानकारी दिए । उनले सर्बसाधारणको बचत रकम हिनामिना गरेको प्रमाणका आधारमा करिब एक दर्जन व्यक्तिबाट १० करोड २५ लाख रकम र बिगो रकम समेत माग दावी गरिने जानकारी दिए ।

बचतकर्ताको १६ करोड ५८ लाख भन्दा बढी रकम हिनामिना भएको उजुरीका आधारमा सहकारी रजिष्टारको कार्यालयले तीन महिना अघि यो सहकारीको छानविन गरेपछि त्यहाँ ब्यापक रकम अपचलन भएको पाइएको हो । सहकारीका बित्तीय बिश्लेषक निर्मल गौतमको छानबिन समितिले त्यहाँ १६ करोड रकम हिनामिना भएको प्रतिबेदन सार्वजनिक गरेपछि बचतकर्ताको उजुरीका आधारमा २५ दिनअघिबाट जिल्ला प्रहरीले छानविन गरेको हो ।

प्रकाशित : वैशाख १७, २०८१ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?