कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

म्याग्दीमा पर्यटक जीप दुर्घटना, यात्रु सकुसल

घनश्याम खडका

म्याग्दी — हिमालपारीको मुस्ताङ भ्रमण गरी फर्किदै गरेको ग १ य ११२१ नम्बरको हरियो नम्बर प्लेटको पर्यटक जीप आइतबार साँझ ५ बजे अन्नपूर्ण गाउँपालिका-३ दानाको लाटाखोलामा दुर्घटनाग्रस्त भएको छ ।

म्याग्दीमा पर्यटक जीप दुर्घटना, यात्रु सकुसल

जीपमा चालक समेत ५ जना आन्तरिक पर्यटक सवार थिए ।

बेनी–जोमसोम सडक अर्न्तगत दानाको लाटाखोलामा ब्रेकफेल भइ पर्यटक जीप सडकदेखि अन्दाजी ५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय दानाका सहायक हवल्दार विजय पौडेलले बताए ।

प्रहरीका अनुसार दुर्घटनामा परि जीप चालक ज्ञानेन्द्र आचार्यको दाहिने साप्रामा चोट लागेको छ । अन्य यात्रु भने सकुसल छन् ।


प्रकाशित : वैशाख १७, २०८१ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?