कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, के गर्छ राप्रपा ?

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै छन् । दिउँसो तीन बजे बस्ने प्रदेशसभाको वैठकमा उनले विश्वासको मत लिने हुन् । यसका लागि प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनको लागि प्रस्ताव पेस गरिसकेका छन् ।

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, के गर्छ राप्रपा ?

शनिबार बसेको सत्ता गठबन्धन एमाले–माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन ह्विप जारी गरेका छ । मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार लगायतका अन्य काम गर्ने तयारीमा छन् । अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनेछन् ।

एमाले संसदीय दलका नेता अधिकारी चैत २५ मा एमालेका २२, सभामुखसहित माओवादीका ८ र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखलाई गणना गरिएको भन्दै कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरे । उक्त रिट सर्वोच्चले खारेज गरेपछि वैधानिकता पाएको अधिकारी सरकारलाई विश्वासको मतका लागि ३१ सांसद चाहिन्छ । तर, अदालतले ३० सांसद नै बहुमत रहेको प्रमाणित गरिदिएपछि अधिकारी सोही योजनाअनुसार विश्वासको मत लिने तयारीमा छन् ।

संविधानअनुसार संसद‍मा कायम सदस्यको ५० प्रतिशत कटेमात्र बहुमत पुग्छ । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । सभामुखमा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल छन् । सत्ता गठबन्धनले सभामुखलाई ३० सिट नै बहुमत भएको घोषणा गर्न लाउने सम्भावना छ । यदि त्यस्तो भए कांग्रेसले पुनः मुद्दा लिएर अदालत जाने बताएको छ ।

सत्ता जोड–घटाउमा राप्रपा निर्णायक छ । राप्रपा केन्द्रीय प्रवक्ता मोहनकुमार श्रेष्ठले अहिलेको अवस्थामा सरकारलाई समर्थन गर्न नसकिने बताउँदै आएका छन् । राप्रपाका गण्डकीमा दुई सांसद छन् । राप्रपाले विश्वासको मत दिने हो भने अधिकारीको पक्षमा ३२ मत हुन्छ । २७ सीटले कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो ।

राप्रपा यसअघि पनि अधिकारी नेतृत्वको सरकारमा सहभागी थियो । यसपटक विश्वासको मत दिने या नदिने भन्ने विषयमा केन्द्रबाट आधिकारिक निर्णय नआएको राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले बताए । यस्तै, कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दै छ । बैठकले विपक्षमा मतदान गर्न ह्विप जारी गर्ने बताइएको छ ।

प्रकाशित : वैशाख २३, २०८१ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?