कावासोतीमा गैंडा मृत फेला
नवलपुर — पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१५ स्थित गुन्द्रही ढकाहा मध्यवर्ती वनमा गैंडा मृत फेला परेको छ ।
वयस्क भाले गैंडा मृत अवस्थामा फेला परेको र के कति कारणले गैंडा मरेको हो भन्नेबारेमा निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए ।
गुन्द्रही ढकाहा वनको उल्टी घोलामा फेला परेको गैंडा प्राकृतिक कारणले मरेको हुन सकने प्रारम्भिक अनुमान छ । गैंडाको खाग र खुर सुरक्षित रहेको रहेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जको प्राविधिक टोलीले पोस्टमार्टम गरेपछि थप तथ्य पत्ता लाग्ने छ ।
प्रकाशित : वैशाख २५, २०८१ १२:३३प्रतिक्रिया