प्रदेश ५
माघ ६, २०७५

गाउँभरि मौरी पालन 

सिस्ने गाउँपालिका–३, पोखराका ओमप्रकाश खड्काले चालु सिजनमा २ सय ५० धार्नी मह बिक्री गरे । त्यसबाट उनले ५ लाख आम्दानी गरे । प्रतिधार्नी २ हजार रुपैयाँमा बिक्री गरेका हुन् ।

स्थायी राजधानी विवाद : समिति गठनमै सांसदको आपत्ति

प्रदेश ५ को स्थायी राजधानी तोक्न गठन गरिएको विशेष समितिमा बाँकेलगायतका तीन जिल्लाको प्रतिनिधित्व नगराएको भन्दै प्रदेश सांसदहरूले आपत्ति जनाएका छन् ।

१८ वर्षदेखि बडघर खाली

जिल्लाका अधिकांश थारू बस्तीमा माघ १ अर्थात् नयाँ वर्षमा बडघरको चयन भयो । तर, सदरमुकाम गुलरिया नगरपालिका–१०, थपुवामा भने १८ वर्षदेखि बडघर, चौकीदार, गुरुवालगायतको चयन हुन सकेको छैन ।

क्षमताभन्दा बढी कैदी–बन्दी

जिल्लाका दुई कारागारमा क्षमताभन्दा बढी कैदी–बन्दी राखिएको छ । घोराही कारागारमा ५ गुणा बढी कैदी–बन्दी छन् । ५० जनाको मात्रै क्षमता भएको घोराही कारागारमा २ सय ७४ जना छन् ।

माघ ५, २०७५

घरेलु उत्पादनमा आकर्षण

जिल्लाको पूर्वी रामपुरमा सञ्चालन भइरहेको महोत्सव तथा व्यापार मेलामा घरेलु उत्पादन र किसानका स्टलमा आगन्तुकको आकर्षण देखिएको छ । किसानले उत्पादन गरेका सामग्री र स्थानीय उत्पादनको प्रचारप्रसार हुने विश्वास छ ।

खर्च जुटाउन विद्यालयमै काम

मधुवन नगरपालिका–४ ढोढरीमा रहेको नेपाल राष्ट्रिय नमुना माविका विद्यार्थीले अब आर्थिक अभावले बीचमै पढाइ छोड्नु पर्दैन । विद्यालयले ‘पढ्दै, सिक्दै र कमाउँदै’ अभियानअन्तर्गत १५ वर्षका लागि व्यावहारिक कृषि शिक्षा लागू गरेको छ । त्यसका लागि २० बिघा जग्गा भाडामा लिएको छ । 

तातोपानी संरक्षणमा बजेट

चालु आर्थिक वर्ष जिल्लामा पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तर्गत १५ योजना सञ्चालन हुने भएका छन् । प्रतिनिधिसभा सदस्य कमला रोकाले जिल्लाका तीन गाउँपालिकामा भौतिक पूर्वाधार निर्माणका काम गर्ने गरी योजना छनोट गरिएको बताइन् ।

बाँध बगाएपछि स्थानीय निराश

सिँचाइ गरी खेती गर्न पाइने आशामा शीतगंगा नगरपालिका १४, पावराका बासिन्दा आशावादी थिए । वाणगंगा खोलामा बाँध निर्माण पूरा भइसकेको थियो । ९० प्रतिशत काम सकिएको पावरा सिँचाइ योजनाको बाँध गत वर्षामा बाढीले बगायो ।

वरको रूखमुनि खटटटट

ठूलो वरको रूख । त्यसैको छायामुनि हाते मेसिन खट्ट्ट्ट खट्ट्ट्ट... बजिरहन्छ । झुत्रे ढाका टोपी, च्यातिएको पाइन्ट र थोत्रो स्वीटर लगाएका उनी हुन्, कुलबहादुर परियार । हाते मेसिन चलाएर दुई दशकदेखि उनले लुगा सिलाउँदै आएका छन् ।

सुख–दु:खमा साथ दिने संस्कृति

मगर परिवेशमा कुनै बेला परम्परा धान्न भान्सामा मदिरा (जाँड–रक्सी) अनिवार्य थियो । यो समुदायका हरेक प्रचलन, पर्व र संस्कारमा मदिराको प्रयोग सामान्य हो । मैतालुले कोसेलीका रूपमा जोखेरै एक धार्नी रक्सी–जाँड ल्याउने चलन कायम छ । समुदायमा धार्नी मदिरा भए मात्र कोसेली पूरा भएको मानिन्छ ।