३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

सशस्त्र प्रहरीद्वारा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास

भैरहवा — रुपन्देहीका सीमावर्ती पालिकामा दिनदिनै आगजनीका घटना हुन थालेपछि सावधानीका लागि जनचेतना फैलाउन सशस्त्र प्रहरीले शनिवार लुम्बिनीमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ ।

सशस्त्र प्रहरीद्वारा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास

केही सातायता लुम्बिनी सांस्कृतिक नगरपालिकामा सर्वसाधरणका घरसँगै गहुँबारीमा आगजनीका घटना भइरहेका छन् ।

बदलिदों मौसमका कारण फैलिने आगोबाट झन ठूलो नोक्सानी हुन सक्ने जोखिम रहेकाले विपद पूर्व तयारी अनुरुप सरोकारवाला निकायसित समन्वय गरेर सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरले लम्बिनी सांस्कृतिक–३, स्थित लुम्बिनी बिकास कोषको खेल मैदानमा कृतिम अभ्यास गरिएको सशस्त्री प्रहरी उपरीक्षक आनन्द थापामगरले जानकारी दिए ।

कार्यक्रममा थापाले बेला बेला आयोजना गरिने यस्ता सचेतनामुलक कार्यक्रमले भविष्यमा हुनसक्ने आगलागी सम्बन्धी दुर्घटनाबाट सर्वसाधरणको ज्यान जोगाउम मद्दत पुग्ने बताए । लुम्बिनी क्षेत्रमा आगजनीका घटना बृद्धि भएपछि यस्तो कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

सशस्त्र प्रहरीले आगजनीका कारण र समाधानका उपायबारे प्रयोगात्मक जानकारी गराएको थियो । कृत्रिम आगजनी गराएर निभाउने अभ्यास गरिएको थियो । यस्तो अभ्यास अवलोकनका लागि स्थानीय बासिन्दालाई आमन्त्रित गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमान, उप प्रमुख कल्पना हरिजन, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रन्जितसिंह राठौर, सशस्त्र प्रहरी अधिकृत, जवान, कोषका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : वैशाख ८, २०८१ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?