१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

बर्दिया अस्पतालमा डायलासिस सेवा सुरु

कमल पन्थी

बर्दिया — जिल्ला अस्पताल बर्दियामा पहिलो पटक हेमो डायलासिस सेवा मंगलबारबाट सुरु भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले जिल्ला अस्पताल बर्दियामा विधिवत रुपमा उक्त सेवाको उद्घाटन गरेका हुन् । 

बर्दिया अस्पतालमा डायलासिस सेवा सुरु

चौबिसै घण्टा सञ्चालन हुने यस सेवामा दुई जना चिकित्सकसहित दश जना स्टाफ नर्स खटिएको जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभास पाण्डेयले बताए ।

डायलासिसका लागि अब विरामी अन्य जिल्ला वा छिमेकी मुलुक भारत जानु पर्ने अवस्थाको अन्त्य भएको मेडिकल पाण्डेयले जनाए । यस सेवा सञ्चालनका लागि प्रदेश र संघीय सरकारले आर्थिक र भौतिक सहयोग उपलब्ध गराएको छ ।

प्रकाशित : वैशाख ११, २०८१ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?