कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बर्दियामा दुई जना फरार अभियुक्त पक्राउ

कमल पन्थी

बर्दिया — लागूऔषध र चेक अनादर मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ परेका छन् । 

बर्दियामा दुई जना फरार अभियुक्त पक्राउ

जिल्ला अदालतबाट ०८० साल मंसिर २७ र ०८० बैशाख १४ गतेको फैसलाले फरार भएका लागूऔषध र चेक अनादर मुद्दामा सजाय तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फरार २ जना अभियोगीलाई एकै दिनमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका –२ जमुनीकी मन्जु रानालाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुलसीराम अर्यालले बताए ।

उनीमाथि लागूऔषध ब्राउन सुगर मुद्दामा ०८० साल मंसिर २७ गते जिल्ला अदालतले ७ महिना २० दिन कैद र पीडित राहत कोषमा ४ सय जम्मा हुने गरी फैसला गरेको उनले जनाए ।

यसै गरी चेक अनादर मुद्दामा जिल्ला अदालतले ०८० बैशाख १४ मा १ हजार रुपैयाँ जरिवाना हुने गरी फैसला भएकी गुलरिया नगरपालिका–५ कि ४५ वर्षिया मिना बनियाँलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राना र बनियालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पठाएको डिएसपी अर्यालले जनाए ।

प्रकाशित : वैशाख १७, २०८१ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?