कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

डढेलो बस्तीमा पसेपछि पाल्पाको हेक्लाङ र रामपुरमा ३७ घरगोठ जलेर नष्ट  

माधव अर्याल

पाल्पा — पाल्पाको रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३७ घरगोठ जल्दा लाखौंको धनमान नष्ट भएको छ । 

डढेलो बस्तीमा पसेपछि पाल्पाको हेक्लाङ र रामपुरमा ३७ घरगोठ जलेर नष्ट  

पूर्वखोलाको हेक्लाङमा २६ घरगोठका साथै रामपुर नगरपालिकाको ४ र ५ मा ११ घरगोठ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जंगलमा लागेको डढेलो बुधबार बेलुकीदेखि बस्तीमा फैलिँदा घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष धनबहादुर घर्ती मगरले जानकारी दिए ।

बुधबार दिउँसो सामुदायिक वनमा सुरु भएको डढेलो बिहीबारसम्म पनि नियन्त्रणमा नआएको वडाध्यक्ष घर्ती मगरले बताए । जंगलको भीषण डढेलो हावा हुरीले गर्दा बस्तीमा पसेपछि रेदीमा दुई, बाँसडाँडा ११ र खुमडाँडामा १३ घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष घर्तीले जानकारी दिए । घरगोठसँगै पशु चौपायाको पनि मृत्यु भएको छ । हेक्लाङका तल्लो र माथिल्लो लाकुरीका साथै झेमराङमा डढेलो लागिरहेको छ ।

पाल्पाकै रामपुर नगरपालिका–४, को समानसिङ, रेवतीपोखरासाथै रामपुर–५, को गैरागाउँ क्षेत्रको जंगलमा लागेको भीषण डढेलो बस्तीमा फैलिएपछि ११ घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष रामु रानाले जानकारी दिए । बुधबार दिउँसोदेखि राम्चे सामुदायिक वनलगायत यस क्षेत्रमा भीषण डढेलो लागेको थियो ।

बिहीबार पनि राम्चे सामुदायिक वन, धर्मशालाका साथै गाबुडाँडा सामुदायिक वनमा पनि डढेलो लागिरहेको वडाध्यक्ष रानाले जानकारी दिए । हावाहुरीले जंगलको डढेलो बस्तीमा फैलिएपछि घरगोठ पूर्ण रूपमा जलेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रकाशित : वैशाख २०, २०८१ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?