कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

पाल्पा रामपुरको राम्चे सामुदायिक वनमा भीषण डढेलो 

माधव अर्याल

पाल्पा — रामपुर बजारनजिके राम्चे सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिबार अपरान्हदेखि सुरु भएको डढेलो राम्चे वनको झाँक्री थानभन्दा माथिल्लो भागबाट सुरु भएको हो  । डढेलोले भीषण रूप लिएपछि रामपुर बजार क्षेत्रका बासिन्दासमेत त्रसित भएका छन् । 

पाल्पा रामपुरको राम्चे सामुदायिक वनमा भीषण डढेलो 

यही सामुदायिक वनमा गत बुधबार पनि रामपुर नगरपालिका–५, रामपुरको गैराक्षेत्रबाट सुरु भएको थियो । डढेलोले भीषण रूप लिएर राम्चे वनमा पसेको हो । पर्यटकीय र भ्युटावर क्षेत्र रहेकाले स्थानीय बासिन्दा जोगाउन लागिपरेको स्थानीय प्रकाश ज्ञवालीले बताए । वनको दक्षिणतर्फको भाग र माथिल्लो भागमा लागेको डढेलो नियन्त्रणमा आए पनि पुनः शनिबार लागेको उनले बताए ।

शुक्रबार पनि सुकेका रुखमा रहेको आगोले राम्चेकै खैजनी खोला क्षेत्रमा सल्किएको थियो । तर उपभोक्ताले नियन्त्रणमा लिएका थिए । डढेलोबाट बचेको क्षेत्रको वन जोगाउन निरन्तर प्रयास गर्दै आएको राम्चे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दयाराम गैरेले बताए ।

तीन दिन अघि आगो लागेको स्थानबाट आगो निस्किएर डढेलो फैलिएको उनले बताए । वनको झाँक्री थानभन्दा माथिल्लो क्षेत्रबाट डढेलो सुरु भएको हो । आगो देखिने बत्तिकै उपभोक्ता नियन्त्रणका लागि पुगे पनि हावाहुरीले आगो चरैतर्फ फैलिएको हो । बस्ती रहेको राम्चे गाउँ र भ्युटावरतर्फ आगो सल्किन थालेपछि वनको केही भाग जोगाउन, वनभित्र रहेको सभाहललगायतका संरचना र बस्ती बचाउने प्रयासमा उपभोक्ता र सुरक्षाकर्मी प्रयासरत छन् ।

खडेरीका कारण सुख्खा रहेको वनको अधिकांश भागमा डढेलो फैलिएको छ । रामपुर नगरपालिकाको दमकलसहित सयौंको संख्यामा उपभोक्ता, प्रहरी र वनका कर्मचारी वन क्षेत्रका संरचना जोगाउन खटिएको सबडिजिभन कार्यालय रामपुरले जनाएको छ ।

प्रकाशित : वैशाख २३, २०८१ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?