श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ
परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१६ मा श्रीमतीको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख २१ गते ३० वर्षीया श्रीमती ललिता कहाँरलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएका उनका श्रीमान् जोखन कहाँरलाई प्रहरीले पक्राउ गरेको हो ।
जोखनलाई प्रहरीले नेपाल र भारतको सीमावर्ती पाल्हिनन्दन गाउँपालिकाको पडरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुदर्शन पन्थीले बताए । पक्राउ परेका कहाँरलाई जिल्ला अदालत परासीबाट कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया