२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
कर्णाली

Pradesh-6

मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

२०७२ सालमा नेपाल सरकारले गुर्भाकोट नगरपालिका वडा –१३ गुमीमा मुक्त हलियाका लागि ३२ वटा घर निर्माण गर्‍यो । भेरीगंगा नरपालिकामा बस्दै आएका मुक्त हलियाहरुका लागि राज्यले गुर्भाकोटमा जग्गा खरिद गरेर घर बनायो । १ करोड ३६ लाख खर्च गरेर निर्माण गरेका घर भने हलियाहरु बसेनन् । ९ वर्षदेखि घर रित्तै छन् । 

मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालमा थन्कियो भेन्टिलेटर

दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा जिल्ला अस्पतालमा एक करोड बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ । कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए ।

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालमा थन्कियो भेन्टिलेटर

बबईमा डुबेर दुई जनाको मृत्यु 

बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ । घरनजिकैको बबई नदिमा माछा मार्न गएका कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय दिलबहादुर कार्की र ४ वर्षीय सुवास परियारको मृत्यु भएको छ ।

बबईमा डुबेर दुई जनाको मृत्यु 
जेष्ठ ३, २०८१

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

पातारासी–६ घोडासिनकी माया थापा तरकारी खेतीमा जमेकी छन् । उनी एकाबिहानै बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा ब्यस्त हुने गरेकी छन् । यतिबेला उनको बारीमा साग, गाजर, मुला, काक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । मायाले तरकारी बेचेर वार्षिक एक लाख रुपैयाॅ कमाउॅछिन् । उनले भनिन्,‘बजारको व्यवस्था नहुँदा सास्ती त छ नै तर तरकारीले नै खर्च चलिरहेको छ ।’

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । गत चैत्र २७ गतेबाट आयोग पदाधिकारीविहीन बनेको हो । कर्णालीको सरकार फेरबदलले आयोग पदाधिकारीविहीन बन्न पुगेको हो ।

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान
जेष्ठ २, २०८१

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

नौ बुँदे घोषणापत्र जारी गर्दै जिल्लास्तरीय बाल सम्मेलन बुधबार सकिएको छ । बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ मंगलबार सुरु भएको सम्मेलनले बालविवाह अन्त्यको विशेष नीतिसहित बालबालिकामा माथि हुने हिंसा न्यूनीकरणको माग गर्दै ९ बुँदे कालीकोट घोषणापत्र जारी गरेको हो ।

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कँडेलले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । यसअघि उनकै दल एमालेबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ बहिष्कार गरेका थिए ।

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

शारदा नगरपालिका–१४ र १५ माल्नेटामा विश्व बैंकको आर्थिक सहयोगमा संचालित बृहत लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयलाई सास्ती भएको छ । विभिन्न कारण देखाउँदै सगरमाथा ड्रिलिङ निर्माण सेवाले काममा ढिलाई गर्दा माल्नेटाका स्थानीयलाई खानेपानीको लागि सास्ती भएको हो ।

लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

वीरेन्द्रनगरमा विदेशी भाषा पढाउने प्रतिस्पर्धा

वीरेन्द्रनगर नगरपालिका–१३ नं. वडा कार्यालयले वैशाख १४ गते विभिन्न विदेशी भाषा पढाउन ५० प्रतिशत छुट दिने भन्दै सूचना प्रकाशित गर्‍यो । जसअनुसार वडाका झण्डै ५० युवा छनोट भएका छन् । उनीहरुले अब ५० प्रतिशत छुटमा कोरियन, जापानिज र अंग्रेजी भाषा सिक्नका लागि ३ र ६ महिने कक्षा लिनेछन् ।

वीरेन्द्रनगरमा विदेशी भाषा पढाउने प्रतिस्पर्धा

यार्सा संकलन गर्न जाँदा बिरामी परेका युवाको उद्धार

यार्सा संकलनका लागि एकसातादेखि डोल्पाको पाटनमा बिरामी परेर थलिएका जुम्ला पातारासीका ओमप्रकाश बुढाको उद्धार गरिएको छ । डोल्पाको साल्दाङ फोतगाउॅ क्षेत्रमा अलपत्र परेर अस्वस्थ भएका पातारासी-३ मोहरीगाउॅका बुढालाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

यार्सा संकलन गर्न जाँदा बिरामी परेका युवाको उद्धार