२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि पत्र मुख्यमन्त्री कँडेलले संसद् सचिवालयमा पठाइसकेका छन् ।

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

गएको चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले चैत २८ गते शपथसँगै पदभार ग्रहण गरेका थिए ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीलाई २४ सांसदको समर्थन छ । एमालेका १०, माओवादीका १३ र समाजवादीका १ सांसदको समर्थनमा कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कर्णालीमा ८ मन्त्रालय छन् ।

कँडेलले विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी पनि गरेका छन् । सत्ता साझेदार दल माओवादीसँग प्रारम्भिक मन्त्रालय भागबन्डा टुंगिएसँगै बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी भएको छ ।

प्रकाशित : वैशाख ११, २०८१ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?