२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
सुदूरपश्चिम

Pradesh-7

कापी किताबसँगै दाउराको भारी

मंगलसेन नगरपालिका–५ की १४ वर्षीया मनिसा भाट कक्षा ६ मा पढ्छिन् । ८ वर्षको उमेरमा विद्यालय भर्ना भएकी उनी अहिले पनि नियमित विद्यालय जान पाउँदिनन् । घरको कमजोर आर्थिक अवस्थाको असर मनिसामा पनि परेको छ । उनका ७ जना भाइबहिनी छन् । विद्यालयको शुल्क, शैक्षिक सामग्री किन्न सक्ने अवस्था नभएपछि उनको १६ वर्षीय दाजु ८ कक्षा पूरा नगरी कामको खोजीमा भारत गए । घरमा भएका ६ भाइबहिनीलाई परिवारले नियमित विद्यालय पढाउन सक्ने अवस्था छैन ।

कापी किताबसँगै दाउराको भारी

सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश बिके नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिकेलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

महाकालीमा पौडी खेल्न गएका किशोर बेपत्ता

महाकाली नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । शनिबार साँझ दोधारा चाँदनी नगरपालिका–९, ढकनाघाटनजिकै स्थानीय १७ वर्षीय विष्णु सुनार बेपत्ता भएका हुन् । 

महाकालीमा पौडी खेल्न गएका किशोर बेपत्ता
जेष्ठ ५, २०८१

खप्तडमा रक्तदान

ऐतिहासिक पर्यटकीय स्थल खप्तडमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजले पहिलो पटक खप्तडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

खप्तडमा रक्तदान
जेष्ठ ४, २०८१

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि विधेयक पारित नगरी आज राति १२ बजेदेखि अन्त्य गरिएको छ । 

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

चौथो प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 

चौथो पटकको प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा बिहीबार भएको मतदानमा मुख्यमन्त्री सोडारीले २८ सांसदको समर्थन पाएका हुन् । पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरे । विपक्षी दलले मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।

चौथो प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 
जेष्ठ ३, २०८१

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

बैतडीको सुर्नया गाउँपालिका–२ चिल्लेपानीमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको छाना उडाएको छ । बुधबार साँझको हावाहुरीले ५ कोठे विद्यालय भवनको छाना उडाएको हो । 

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

कोरोना संक्रमणको कारण देखाउँदै २०७६ सालमा चीनले बन्द गरेको नाका पाँच वर्षपछि खुल्ने भएको छ । नाका खुल्ने भए सँगै जिल्ला प्रशासन कार्यालय बझाङले अनुमति पत्र जारी गर्ने तयारी गरेको छ । 

पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।

विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभाको बैठकको सुरुमै कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले विरोध गरेका छन् । बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै 

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरिसकेको छ । यसअघि एमालेकै आनाकानीका कारण विश्वासको मत लिने सोडारीको दुई पटकको प्रयास धकेलिएको थियो ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै 

कञ्चनपुरमा ढुंगा प्रहारबाट एक जनाको मृत्यु

कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा ढुंगा प्रहारबाट एक जनाको मृत्यु भएको छ । ६४ वर्षीय लक्षी चन्दको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । उनी अवकाशप्राप्त शिक्षकसमेत हुन् । 

कञ्चनपुरमा ढुंगा प्रहारबाट एक जनाको मृत्यु