२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भारतको निर्वाचनका कारण सीमानाका बन्द हुने

चित्रांग थापा

धनगढी — कैलालीसँग सीमा जोडिएको भारतको उत्तरप्रदेश  राज्यको खिरी जिल्लामा यही वैशाख ३१ गते तद्नुसार मे १३ मा हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै शुक्रबार साँझ ६ बजे देखि मतदान कार्य सम्पन्न नहुँदासम्म नेपाल भारत अन्तर्राष्ट्रिय नाका बन्द रहने भएको छ । 

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले सूचना सार्वजनिक गर्दै निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सीमानाका बन्द रहने भनी भारतीय पक्षबाट पत्राचार गरिएकको हुँदा उक्त अवधिभर कैलाली जिल्लाका नेपाल भारत अन्तर्राष्ट्रिय सबै सीमाहरू बन्द ( सील ) रहने जानकारी गराएका हुन् ।

भारतमा मे १९ देखि विभिन्न ७ चरणमा लोकसभाको निर्वाचन भइरहेको छ । कैलालीसँग सीमा जोडिएको भारत उत्तरप्रदेशको खिरी जिल्लाको मे १३ मा हुने निर्वाचन चौथो चरणको हो ।

प्रकाशित : वैशाख २८, २०८१ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?