२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
खेलकुद

Sports News of Nepal

एनसीसीएस भ्याली कप क्रिकेट हुने

भक्तपुर जिल्ला क्रिकेट संघले महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता आयोजना गर्ने भएको छ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ सम्म आयोजना गर्न लागेको प्रतियोगिताको पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता जनाउने छन् । 

एनसीसीएस भ्याली कप क्रिकेट हुने

मिल्स टी–२० क्रिकेट : होराइजन र वाईआरसीसीबीच उपाधि भिडन्त

तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विराटनगरका दुई टिम होराइजन र वाईआरसीसी क्रिकेट क्लब प्रतिष्पर्धा गर्ने भएका छन् ।

मिल्स टी–२० क्रिकेट : होराइजन र वाईआरसीसीबीच उपाधि भिडन्त

राष्ट्रिय खेल सबलीकरण कार्यक्रम सम्पन्न

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघहरूलाई विभिन्न १० विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरेको राष्ट्रिय खेल सबलीकरण कार्यक्रम आइतबार सकिएको छ ।

राष्ट्रिय खेल सबलीकरण कार्यक्रम सम्पन्न

वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा राजन र सुमित्रा पहिलो

पहिलो वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ आइतबार राजन रोकाया पहिलो भएका छन् । महिलातर्फ भने सुमित्रा चौधरी पहिलो भइन् । दुवै विजेताले समान ५० हजार रुपैयाँ प्राप्त गरे । राजनले २१.१ किलोमिटर दौड १ घण्टा १६ मिनेट ७ सेकेन्डमा पूरा गरे । खिमबहादुर खत्री १ घण्टा १७ मिनेट २४ सेकेन्डमा दोस्रो तथा धर्म महर्जन १ घण्टा १९ मिनेट ५८ सेकेन्डमा तेस्रो भए ।

वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा राजन र सुमित्रा पहिलो

दीपक पहिलो र राजपुरा तेस्रोपल्ट च्याम्पियन

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाईंले १२ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । प्रतियोगितामा दीपक पहिलो पटक विजेता बनेका हुन् भने राजपुराले लगातार तेस्रो जितेर उपाधिमाथि ह्याट्रिक गरिन् ।

दीपक पहिलो र राजपुरा तेस्रोपल्ट च्याम्पियन

बुन्डेसलिगामा बायरको अपराजित यात्राको कीर्तिमान

बायर लेभरकुजनले शनिबार जर्मन बुन्डेसलिगामा पूरा सिजन अपराजित रहने पहिलो टिमका रूपमा कीर्तिमान बनाएको छ । उसले लिगको अन्तिम खेलमा असबर्गलाई २–१ ले हरायो । यससँगै बायरको यो सिजन तीन उपाधि जित्ने सपना पनि कायम रह्यो ।

बुन्डेसलिगामा बायरको अपराजित यात्राको कीर्तिमान

सीएसकेलाई हराउँदै आरसीबी प्ले-अफमा

रोयल च्यालेन्जर्स बेंगलुरुले शनिबार चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै यस सिजनको आईपीएलको प्ले-अफ यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन चेन्नई प्रतियोगिताबाट बाहिरिएको छ ।

सीएसकेलाई हराउँदै आरसीबी प्ले-अफमा
जेष्ठ ५, २०८१

मेयर्स कप महिला क्रिकेट : सुदूरको साहसलाई रोक्दै एपीएफ च्याम्पियन

कविता जोशी र लक्ष्मी साउदको साहसलाई पन्छाउँदै नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता जितेको छ ।

मेयर्स कप महिला क्रिकेट : सुदूरको साहसलाई रोक्दै एपीएफ च्याम्पियन

वादोरियो खेलाडीलाई २ स्वर्णसहित चार पदक

मलेसियाको पेरक स्टेडियममा मे १० देखि १२ सम्म भएको २० औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते च्याम्पियनसिपमा नेपाल वादोरियो कराते डो संघका सहभागी खेलाडीले पदक जितेका छन् ।

वादोरियो खेलाडीलाई २ स्वर्णसहित चार पदक

प्रकाश र उषालाई उपाधि

राष्ट्रियस्तरको तेस्रो पोखरा साइक्लिङ प्रतियोगिताको उपाधि गोरखाका प्रकाश थापामगर र उषा खनालले जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार पोखरामा सम्पन्न प्रतियोगिता उपाधि जित्दै उनीहरूले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रकाश र उषालाई उपाधि

मिल्स कप क्रिकेट : वाईआरसीसी फाइलनमा

एनवीएससी क्रिकेट क्लब विराटनगरलाई १ सय १६ रनले हराउँदै विराटनगरकै वाईआरसीसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

मिल्स कप क्रिकेट : वाईआरसीसी फाइलनमा

सर्लाहीको लालबन्दीमा राष्ट्रियस्तरको कराँते प्रतियोगिता हुने

सर्लाहीको लालबन्दीमा दोस्रो पटक राष्ट्रियस्तरको कराँते प्रतियोगिता हुने भएको छ । नेपाल क्योकुशिन–कान कराँते संघले शनिबार लालबन्दीमा पत्रकार सम्मेलन गरी यही जेठ २५ र २६ गते दोस्रो लालबन्दी नेपाल क्योकुशिन–कान कराँते प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

सर्लाहीको लालबन्दीमा राष्ट्रियस्तरको कराँते प्रतियोगिता हुने

कान्तिपुर हाफ म्याराथनमा दीपक विजेता, राजपुराको ह्याट्रिक

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाइले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । दीपक कान्तिपुर हाफ म्याराथनमा पहिलो पटक विजेता बनेका हुन् भने राजपुराले आफ्नो उपाधि जोगाएकी हुन् । 

कान्तिपुर हाफ म्याराथनमा दीपक विजेता, राजपुराको ह्याट्रिक

मिङमार र सुशनलाई कान्तिपुर हाफ म्याराथनको कलेज रनको उपाधि

मिङमार सिन्जी तामाङ र सुशन कार्कीले कान्तिपुर हाफ म्याराथनको कलेज रन जितेका छन् । मिङमार पुरुष र सुशन महिलातर्फ विजेता बनेका हुन् । 

मिङमार र सुशनलाई कान्तिपुर हाफ म्याराथनको कलेज रनको उपाधि

विकेश र कृपालाई कान्तिपुर हाफ म्याराथनको कर्पोरेट उपाधि

विकेश घिमिरे र कृपा अधिकारीले कान्तिपुर हाफ म्याराथनको कर्पोरेट रन जितेका छन् । कान्तिपुर पब्लिकेशन लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको कर्पोरेटमा विकेश र कृपा क्रमशः पुरुष र महिलातर्फ विजेता बनेका हुन् ।

विकेश र कृपालाई कान्तिपुर हाफ म्याराथनको कर्पोरेट उपाधि

रमेश र ऐश्वर्य कान्तिपुर हाफ म्याराथनमा ह्विलचेयरतर्फ च्याम्पियन

रमेश खत्री र ऐश्वर्य कुमाल यस वर्ष पनि कान्तिपुर हाफ म्याराथनको ह्विलचेयरतर्फ विजेता भएका छन् । कान्तिपुर पब्लिकेशनद्वारा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका रमेश पुरुषतर्फ र मकलबारीकी ऐश्वर्य महिला तर्फ विजेता बनेका हुन् । गत वर्ष पनि ह्विलचेयरतर्फ रमेश र ऐश्वर्य नै विजेता बनेका थिए । 

रमेश र ऐश्वर्य कान्तिपुर हाफ म्याराथनमा ह्विलचेयरतर्फ च्याम्पियन

२५ सय वर्षदेखि म्याराथन दौडिरहेको विश्व

म्याराथन भन्नेबित्तिकै कुरा आउँछ, अपार मिहिनेत, अदम्य साहस र बहादुरी । अनि त्यसलाई आयोजना गर्ने सहर भन्नेबित्तिकै कुरा आउँछ, त्यसको सभ्यता, रहनसहन र संस्कृति । कुनै खेल सहरको आम मान्छे र प्रत्येक गल्ली तथा कुनासँग जोडिन्छ भने त्यो म्याराथन नै हो ।

२५ सय वर्षदेखि म्याराथन दौडिरहेको विश्व

सिटीको नजर उपाधिमा, क्लोपको बिदाइमा

म्यानचेस्टर सिटीको नजर रहेको छ, इतिहास बनाउनेमा । योर्गन क्लोपको नजर भने बिदाइमा हुनेछ । इंग्लिस प्रिमियर लिगको यो सिजन आइतबार टुंगिँदै छ र यो नाटकीय तथा भावनात्मक दुवै हुनेछ । सिटी लगातार चौथोपल्ट उपाधि जित्ने दाउमा हुनेछ । 

सिटीको नजर उपाधिमा, क्लोपको बिदाइमा

कान्तिपुर हाफ म्याराथन आज

कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण शनिबार हुनेछ । कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनमा ३ हजार धावकले विभिन्न चार विधामा प्रतिस्पर्धा गर्नेछन् । 

कान्तिपुर हाफ म्याराथन आज