१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पलेशा र कविराज सर्वोत्कृष्ट, सोसल अवार्ड उपसभामुख र गोल्छालाई

काठमाडौँ — नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई वर्षको उत्कृष्ट खेलाडी र प्रशिक्षक कविराज नेगी लामा उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गरेको छ ।

पलेशा र कविराज सर्वोत्कृष्ट, सोसल अवार्ड उपसभामुख र गोल्छालाई

पलेशा छनोट चरण पार गर्दै पेरिस पारालम्पिक २०२४ का लागि छनोट भएकी छन् । कविराजकै प्रशिक्षणमा पलेशाले उक्त सफलता पाएको हो ।

संघको आठौं वार्षिक साधारणसभाका अवसरमा चितवनको सौराहामा शनिबार आयोजित साधारणसभामा पलेशालाई ५० हजार र कविराजलाई १५ हजारसहित सम्मान गरिएको थियो ।

उनीहरूलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले सम्मान प्रदान गरे ।

चीनको तायानमा चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेशा पेरिस पारालम्पिकलाई छनोट भएकी हुन् । पलेशा चौथो एसियाली पारा खेलकुदकी कांस्य विजेता पनि हुन् ।

कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० अन्तर्राष्ट्रिय पदक जितिसकेको छ ।

रोल्पाको जलजला तेक्वान्दो डोजाङका प्रशिक्षक हेमन्त खत्री वेस्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित भए । उनलाई १५ हजारबाट सम्मानित गरियो । उत्कृष्ट जिल्ला र उत्कृष्ट प्रदेशबाट क्रमशः चितवन र वाग्मती प्रदेशलाई नगद २५ हजारबाट सम्मान गरिएको थियो ।

एनटीए सोसल अवार्डबाट बन्दी सहायता नेपालकी अध्यक्ष प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर र गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छालाई सम्मान गरियो । यसमा सम्मानसहित २५ हजार रुपैयाँ थियो ।

एनटीए प्रेसिडेन्ट अवार्ड नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द र केन्द्रीय सदस्य राम गिरीलाई प्रदान गरियो । संघका केन्द्रीय सदस्य साम्राज्यविक्रम पाण्डे, तेक्वान्दो संघ वाग्मती प्रदेशका अध्यक्ष केशव पुरी र मधेश प्रदेश तेक्वान्दो संघलाई प्रसंशापत्र प्रदान गरियो ।

प्रकाशित : वैशाख ८, २०८१ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?