२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

‘सी’ डिभिजनमा आरसीको बराबरी

काठमाडौँ — सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार दिन शीर्षमा रहेका टिमका लागि खराब रह्यो भने पुछारमा रहने टिमका लागि राम्रो । यसअघि लगातार तीन खेल जितेको आरसी ३२ ले सोमबार सामाजिकसँग गोलरहित बराबरी खेलेको हो । यो नतिजापछि आरसी ४ खेलबाट १० अंकसहित शीर्षस्थानमा उक्लेको छ । 

टोलीले यसपल्टको प्रतियोगितामा ‘प्वाइन्ट ड्रप’ गरेको यो पहिलोपल्ट हो । आरसी ३२ ले चारै खेलमा ‘क्लिन सिट’ भने राखेको छ । गोलरक्षक मौसम लुंगेली मगरले ३ सय ६० मिनेटको खेलमा कुनै गोल नखाएर सानदार प्रदर्शन गरेका हुन् । सामाजिकको भने दोस्रो बराबरीमा हो । यससँगै टोलीको २ अंक भएको छ ।

उपाधिको बलियो दाबेदारसँग एक अंक निकाल्न सफल रहे पनि सामाजिक अझै १३ औं स्थानमा छ । यो रेलिगेसन क्षेत्रमा नै रहेको छ । बराबरीले टिममा उत्साह भने ल्याउने छ । अर्को खेलमा वाग्मतीले स्वयम्भूसँग १–१ को बराबरी खेल्यो । वाग्मतीको ७ अंक भएको छ । टोली तेस्रो स्थानमा छ । टोलीले राज भुसालको गोलमा ४१ औं मिनेटमा अग्रता लिएको थियो । खेलको ७६ औं मिनेटमा स्वयम्भूबाट रञ्जन पुनले बराबरी गोल फर्काए । बढुवाका लागि प्रत्याशी वाग्मतीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन । स्वयम्भू ११ औं स्थानमा छ । बराबरीको नतिजाले टोलीलाई पनि उत्साहित राख्नेछ ।

प्रकाशित : वैशाख ११, २०८१ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?